काठमाडौं । बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नरैनापुरमा फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर नमूना प्राविको क्वारेन्टिनमा बस्दै आएका हन् । यसै गरी खजुराका २७ वर्षीय युवक पनि गत हप्ता भारतबाट आएर वडा नं ५ वसन्तपुर क्वारेन्टिनमा बस्दैआएका छन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएपछि खजुराक्ष् ोत्रमा उच्च सतर्कता अपनाइएको छ ।
खजुरा गाउँपालिकामा पहिलो पटक वडा नं ५ निवासी एक व्यक्तिमा आज सङ्क्रमण पुष्टि भएको हो । गत हप्ता भारतबाट आई वसन्तपुर क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवकमा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले खजुरामा थप उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ ।
सङ्क्रमितलाई आईसोलेशनमा उपचार व्यवस्थाको लागि पहिचान गर्ने कार्य भईरहेकोले आज रातीसम्म सबैलाई आइसोलेशनमा पु¥याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको खतरा क्षेत्र बन्दै गएको नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । यहाँ सङ्क्रबाट एकजनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरामा आज भेटिएका एकजनासहित बाँकेमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।
कपिलवस्तुमा ५९ सङ्क्रमित
जीतपुर– कपिलवस्तुमा मंगलबार र आज कोरोना संक्रमण पुष्टि भएका १६ जना नै वैशाखमा भारतबाट फर्किएका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
जिल्लाका स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु र महाराजगञ्ज नगरपालिकामा नौनौ, कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा आठआठ, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा चारचार, शिवराज नगरपालिकामा तीन तथा शुद्धोधन गाउँपालिका र र वाणगङ्गा नगरपालिकामा एकएक जना कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्लामा आज पुष्टि भएकामध्ये नौ महाराजगञ्ज र तीन जना विजयनगरका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिमा कपिलवस्तुमा १३ जनामा पुष्टि भनिए पनि जिल्लामा १२ जनामा मात्र फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । भगतका अनुसार सङ्क्रमित १२ मध्ये पाँच पुरुष र सात महिला छन् ।
महाराजगञ्ज ९ सिसवामा रहेको शिवभारी माविको क्वारेन्टिनमा आठ जना बसेका थिए भने बाँकी एक जना वडा नम्बर १ मा रहेको कन्या माविको क्वारेन्टिनमा बसेका हुन् । आठ जना एउटै गाउँ तेनुवाका छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । तीमध्ये आमाछोरी संक्रमित छन् । वडा नम्बर ८ सिसवाका अढाइ वर्षीय बालक तथा चार र ६ वर्षीया बालिका, ३२ वर्षीया महिला दुई , २५ र १६ वर्षीया महिला तथा १२ वर्षीय बालक संक्रमित फेला परेका छन् । यस्तै वडा नम्बर १ का २० वर्षीय पुरुष संक्रमित भेटिएका छन् । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दुर्गा भवानी महिला विद्यालयको क्वारेन्टिनमा छन् । संक्रमित नौ जना भारतबाट आएका थिए ।
उता विजयनगरमा नौ जनामा कोराना पुष्टि भएको छ । उनीहरु सबै ११ दिनअघि भारतबाट आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो । तीनै जना संक्रमित १३ दिनबाट वडा नम्बर ६ को रामशरण आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको थापाले बताउनुभयो । गाउँपालिकाले आइसोलेशन सेन्टर निर्माण गरेकाले तीनै जनालाई त्यसमा राखिएको उहाँको भनाइ छ । वडा नम्बर २ का सङ्क्रमित २२ वर्षीय र वडा नम्बर ७ का ३५ र ४८ वर्षीय पुरुष दाजुभाइ हुन् ।
जिल्लामा मंगलबार कोरोना पुष्टि भएका चार जना जिल्लाको दक्षिणी नेपाल भारत सीमावर्ती मायादेवी गाउँपालिका हुन् । उनीहरु वैशाखको तेस्रो साता भारतबाट फर्किएर गाउँमा आएपछि स्थानियको सहयोगमा प्रहरीले क्वारेनटाईनमा पु¥याएको थियो । चार जना नै भारतको मुम्बईबाट वैशाख तेस्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई चार जना नै क्वारेन्टिनमा १४ दिन बसेपछि गत शनिबार आरडिटी गर्दासमेत पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ जेठ २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै