काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी दिनुभयो ।
उहाँले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा उक्त अनुसूचीसहित आवश्यकतानुसार अन्य विषयमा पनि संशोधन गर्न सकिने जनाउनुभएको थियो ।नेपालको गुमेको भूभागमा मन कुँड्याएर बसिरहने नभई अब फिर्ता ल्याउनुपर्छ भन्दै उहाँले दबेर वा हीनग्रन्थीबाट वा कसैले धम्क्यायो भने लच्किएर छिमेक सम्बन्ध नहुने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले नयाँ नक्शा ल्याएको छ । अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ । केही दिनमा उक्त नयाँ नक्शा प्राप्त हुनेछ ।”
‘मुख छाडेर नबोली धीतै नमर्ने ’
उहाँले सांस्कृतिक पुनःउत्थानसहित लोकतन्त्र र अर्थतन्त्रलाई पुनःसंरचना तथा सत्तापक्ष र प्रतिपक्षको भूमिकालाई नयाँ मान्यताका साथ अघि बढाउन आवश्यक रहेकामा जोड दिनुभाये । सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने खालका कुरा पनि आउने गरेकाम दुःख व्यक्त गर्दै उहाँले प्रतिप्रश्न गर्नुभयो, “हाम्रो संस्कार कस्तो भएर जाँदैछ ? मुख छाडेर नबोली धीतै नमर्ने ?”
प्रधानमन्त्री ओलीले पुराना ज्ञान, शास्त्र, अनुभव र मान्यता महत्वपूर्ण हुने भए पनि पुल बनिसकेपछि जुत्ता खोलेर खोलो तर्र्नुपर्छ भन्ने ज्ञानको पालना गरिरहनु हुँदैन भन्दै संसदीय अभ्यासमा नयाँ अवधारणा अघि सार्न आवश्यक रहेकामा पनि जोड दिनुभयो ।
उहाँले समाजवादोन्मुख गन्तव्य भएको फराकिलो, उचाइयुक्त, व्यापक र जनताको लोकतन्त्रअनुकूल नीति तथा कार्यक्रम अघि सारिएको जनाउँदै गतिशील अर्थतन्त्र र मानव जगत्लाई खुशी पार्ने व्यवस्थाको कार्यान्वयनका लागि सरकार अग्रसर रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारका दूरगामी सोच र स्थिरतामा कुनै अन्योलमा नपर्न आग्रह गर्दै सबै जनताका लागि लोककल्याणकारी राज्यको भावनाका साथ केही पनि खान, लाउन पाएन वा सहारा पाएन भन्ने खालको अशोभनीय र निर्दयी मानव समाज हुन नसक्ने स्पष्ट गर्नुभयो । कसैले अन्न थुपारेर राख्ने र कोही बालबालिका वा ज्येष्ठ नागरिक खानेकुराका लागि सडकमा कुकुरसँग लडिरहेको हुने खालको समाज आफूहरुले अन्त्य गर्ने जनाउँदै पछिल्ला दिनमा काठमाडौँ उपत्यकाका सडकमा मागेर हिँड्ने कुनै पनि मानव नरहेको बताउनुभयो ।
उहाँले मुलुकलाई तुइनमुक्त बनाइएको जनाउँदै अब चाँडै साक्षर नेपाल घोषणा गरिने उद्घोष गर्नुभयो । कोरोनाको विनाशलीला कायम रहेका स्थितिमा ठूलाठूला देशलाई समेत ध्वस्त पारेको उल्लेख गर्दै नेपालमा पाइने बेसार, लसुन, प्यास, कागती आदि सेवा गरिरहनु स्वास्थ्यका लागि उपयोगी हुने सन्दर्भ उल्लेख गर्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली