बनियानी । झापाको विर्तामोड नगरपालिकामा आज पिकअप भ्यान (छोटा हात्ती) को ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान ८ बजे बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ जेठ २०७७, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
नवलपरासीमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
मुग्लिङ-नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्किए
डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु