एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या भारतमा एक लाख नाघेको छ । भारतिय संचार माध्यमका अनुसार पछिल्लोो २४ घण्टामा ४ हजार ९ सय ७० नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख १ हजार १ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने १ सय ३४ जना रहेको छ । भारतमा मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ६३ पुगेको छ भने संक्रमित मध्ये ३९ हजार १ सय ७४ जना निको भएर घर फर्किएका छन् ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ३५ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ सय ४९ रहेको छ । यस्तै तमिलनाडुमा ११ हजार ७६० र गुजरातमा ११ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ । पछिल्ला केही दिन यता भारतमा दिन प्रतिदिन कोरोना संक्रमणका बिरामी ४, ५ हजार थपिदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ जेठ २०७७, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा