वीरगन्ज । नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेलका २ जना नातिनी छन् । वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको पसलमा दूध लिन जाँदै थिए, नातिनीहरुका लागि । नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको रु कहाँ जान लागेको रु भन्दै केरकार गरे । र, जहाँबाट आएको उतै फर्किन आदेश दिए ।
चोकमा अरु मानिस पनि उभिरहेका थिए । प्रहरीले यति भनेपछि पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो । उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई बोकेर घर पुर्याए । हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे । एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् ।
‘३ महिनासम्म प्लास्टर राख्न चिकित्सकले भनेका छन्,’ नागेन्द्र भन्छन्, ‘घुँडाभन्दा मुनि हड्डी क्र्याक भएको छ ।’ बच्चाका लागि दूध लिन गएका वृद्ध बुबालाई किन हिर्काएको भनेर छोरा गुन्जन पटेलले अस्थाई प्रहरी चौकी बसपार्कका प्रहरीलाई साधेका थिए । ‘हामीले हैन, प्रहरीको टाइगर टोलीले हिर्काएको जवाफ दिए,’ गुन्जनले भने, ‘साह थर एक असईले पिटेको स्थानीयले देखेको बताएका छन् ।’
८ वर्ष अगाडि नेपाल दुरसञ्चार कम्पनीबाट सेवानिवृत्त भएका नगेन्द्रले प्रहरीको आदेश मानेर फर्किदा पनि पछाडिबाट लठ्ठी हानिएको भनेर चित्त दुखाएका छन् । ‘न कुनै वादविवाद भयो, न कुनै कुरा,’ कान्तिपुरलाई फोनमा पटेलले भने, ‘आदेश मानेर दूध नलिई फर्किरहेकै थिएँ, तैपनि पछाडिबाट हिर्काए । हामी त आफैं लकडाउनमा निस्किनौं । बच्चालाई दूध लिन गएको खुट्टै भाँचिदिए ।’
अस्थाई प्रहरी चौकी बसपार्कका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विजय शाहीले हालसम्म पीडित आफूकहाँ नआएको बताए । ‘हाम्रो टोलीले कुटेको छैन, बसपार्कमा इलाका प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीको टोली पनि आउँछन्,’ उनले भने, ‘घटनाको यर्थाथ बुझ्दै छु, प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचार गरेको पनि हुनसक्छन् ।’कान्तिपुर दैनिकमा खबर छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ जेठ २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)