लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति

रासस

शुक्रबार, ०२ जेठ २०७७, १९ : १७
लिपुलेक क्षेत्र नेपाली भूमि हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताउनुभएको छ ।  

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै  उहाँले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरिने जानकारी दिनुभयो ।  

लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो । नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस