नयाँ दिल्ली। भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दाबी गर्दै यस सम्बन्धमा नेपालले राखेका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार यस्तो टिप्पणी गरेका हुन्।
प्रवक्ता जैसवालले यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको बताएका छन्। “लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग हो र दशकौंदेखि यो मार्गबाट यात्रा भइरहेको छ,” उनले भनेका छन्, “यो कुनै नयाँ विकासक्रम होइन।”
नेपालले गरेको दाबीका सम्बन्धमा भारतले ती दाबीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। प्रवक्ता जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्षेत्रीय दाबीहरूको यस्तो एकपक्षीय र कृत्रिम विस्तार टिकाउ हुन सक्दैन।”
भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानीका लागि तयार रहेको बताएको छ। यसमा सहमति भएका बाँकी सीमा विवादलाई पनि वार्ता र कूटनीतिको माध्यमबाट समाधान गर्न भारत खुला रहेको प्रवक्ता जैसवालले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिपुलेकबाटै सुरु हुने भयो ‘नयाँ सरकारको अग्निपरीक्षा’
भारत–चीन लिपुलेक सम्झौतामा विश्वप्रकाशको विरोध, यस्तो छ ६ बुँदे प्रस्ताव
भारत-चीनको लिपुलेक सम्झौताले नेपालको पुरानो घाउ फेरि बल्झियो