अन्ततः पूर्वराजा ज्ञानेन्द्र शाहले पाए लकडाउन सवारी पास

शुक्रबार बिहान दमकबाट काठमाडौं प्रस्थान

शुक्रबार, ०२ जेठ २०७७, ०९ : ४१
अन्ततः पूर्वराजा ज्ञानेन्द्र शाहले पाए लकडाउन सवारी पास

काठमाडोँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गृह मन्त्रालयले सवारी पास उपलब्ध गराएको छ । विगत दुई महिना देखि झापामा रहेका उनी लकडाउनमा कारण उतै फसेका थिए ।

बिहीबार उनलाई काठमाडौं आउन सवारी पास दिईएपनि जारी गरिएको केही घण्टा नबित्दै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । त्यसको सामाजिक सञ्जालमार्फत नागरिहरुले चर्को विरोधका साथ सरकारको आलोचना गरेका गरेका थिए ।

त्यसपछि पुनः उनलाई सवारी पास उपलब्ध गराइएको छ । सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्को विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ । 

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । दुई महिना अघि झापा गएका पूर्व राजा ज्ञानेन्द र पत्नी कोमल लकडाउनका कारण उतै बस्न बाध्य थिए ।