काठमाडौं । संघीय संसदका ९ जना सांसदले संसद भवन प्रवेश गर्न नपाउने भएका छन् । उनीहरु कुनै फौजीदारी अभियोगमा दोषी करार भएर प्रवेश नपाउने भएका भने होइनन ।
सरकारले कोरोना परिक्षण अनिवार्य बनाएका कारण कोरोना परिक्षण अहिलेसम्म नगराएका ९ सांसद संघीय संसद भवन प्रवेश गर्न नपाउने भएका हुन् । त्यस्ता सांसदहरुमा प्रतिनिधीसभाका ७ र राष्ट्रिय सभाका २ जना छन् । प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी छन् । त्यस्तै, राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाउने छैनन् ।
उनीहरुले संसदको संयुक्त अधिवेशनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा सहभागीता जनाउन पाउदैनन् । सरकारले संघीय संसदका सांसदहरुलाई अनिवार्य पिसिआर प्रविधिवाट कोरोना परिक्षण गराएको र परिक्षण नेगेटिभ देखिएकालाई मात्र प्रवेश गर्न दिने नीति बनाएका कारण उनीहरुले संसद प्रवेश गर्न नपाउने भएका हुन् ।
प्रतिनिधिसभामै विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार भने विभिन्न फौजदारी र भ्रष्टाचारको आरोपमा निलम्बनमा छन् । राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग