पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०८२, १४ : ००
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

शपथ ग्रहण कार्यक्रम प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सञ्चालन हुनेछ।

सांसदहरू क्रमिक रूपमा सिंहदरबारस्थित संसद भवनक हलमा उपस्थित हुँदै शपथ लिन प्रवेश गरिरहेका छन्।

संघीय संसद सचिवालयका अनुसार यस पटक ६३ जना सांसदले नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन लागेका छन्।

प्रतिक्रिया दिनुहोस