काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने जनाएको छ ।
शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने पनि सूचनामा जनाइएको छ । संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथमा आउनका लागि आवश्यक कागजपत्र पनि बोक्न सूचित गरेको छ ।
शपथका लागि नवनिर्वाचित सांसदलाई कार्यक्रम भन्दा दुई घण्टा अगावै उपस्थित भईसक्न औपचारिक आग्रह संसद सचिवालयले गरेको छ । यो सूचनाका आधारमा अब शपथ लिने नवनिर्वाचित सांसदले मध्यान्ह १२ बजे सिंहदरवार पुग्नुपर्ने भएको छ । साथै, सचिवालयले औपचारिक पोशाकमा आउन पनि सांसदहरुलाई आग्रह गरेको छ ।
के के लग्नुपर्छ कागजात ?
शपथको लागि निर्धारित गरेको समय भन्दा दुई घण्टा अगाडी औपचारिक पोशाकमा पुग्नुपर्ने नवनिर्वाचित सांसदहरुले केही आवश्यक कागजपत्र बोक्नुपर्ने हुन्छ । संसद सचिवालयले त्यसका लागि पनि नवनिर्वाचित सांसदहरुलाई सूचित गरेको छ ।
संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनेको छ ।
त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची-३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिनअगावै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेलमा उपलब्ध गराउन पनि सचिवालयले अनुरोध गरेको छ ।
प्रतिनिधिसभामा राष्टिय स्वतन्त्र पार्टीका १८२, कांग्रेसको ३८, एमालेको २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को १७, श्रम सस्कृति पार्टीको ७, राप्रपाको ५ र स्वतन्त्र १ गरी कुल २७५ सांसद निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा