दाङका जुम्ल्याहा र पत्रकारको स्वाब रिपोर्ट नेगेटिभ

रासस

विहीबार, ०१ जेठ २०७७, १८ : ३३
दाङका जुम्ल्याहा र पत्रकारको स्वाब रिपोर्ट नेगेटिभ

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।  

जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । तिनले आज अपराह्न आमाको दूध खाएका छन् । उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ ।  

यस्तै दाङका २५  पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको  कायममुकायम कैलाश देवले बताउनुभयो । (रासस)