लिपुलेकको छाङरुमा सीमा सुरक्षा चेकपोष्ट ‘बिओपी’ राख्नका लागि उड्यो सशस्त्रको टोली

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, ०८ : ५०
लिपुलेकको छाङरुमा सीमा सुरक्षा चेकपोष्ट ‘बिओपी’ राख्नका लागि उड्यो सशस्त्रको टोली

काठमाडौं । भारतले नेपालको भूमिमा नेपाललाई जानकारी बिनै कालापानी–लिपुलेक क्षेत्रमा सडक मार्ग निर्माण गरेपछि नेपाल आक्रोशित छ ।

प्रधानमन्त्री केपी ओलीले आफुलाई यस विषयमा पहिले जानकारी नै नभएको र कसैले आफुलाई रिपोर्टिङ नै नगरेको मन्त्रिपरिषद् बैठकमा बताएका थिए । प्रधानमन्त्री समेतले पत्रपत्रिका पढेर लिपुलेकमा भारतले सडक खनेको थाहा पाउने भएपनि यति बुझ्यौं, नेपालको कालापानीमा रहेको सीमा क्षेत्रमा राज्यको उपस्थिती कस्तो छ भन्ने ।

भारतले सडक बाटो खनेको क्षेत्र भन्दा धेरै तल मात्र नेपालको उपस्थिती छ । कहिले काँही आक्कलझुक्कल छाङरु सम्म जनपद प्रहरी पुग्ने गरेको भएपनि स्थायी क्याम्प थिएन् । त्यहा अहिले गृह मन्त्रालयले सशस्त्र प्रहरीको सिमा सुरक्षा चेकपोस्ट राख्न लागेको छ । त्यहाँ शसस्त्र प्रहरीको टोली बोकेर बुधबार नेपाली सेनाको हेलिकप्टर दार्चुलाको छाङरु प्रस्थान गरेको छ ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, सशस्त्रका एआईजी नारायणबाबू थापा सेनाको हेलिकप्टर लिएर दार्चुला प्रस्थान गरेका हुन्  । छाङरुमा सशस्त्र प्रहरीको सिमा सुरक्षा चेकपोस्ट स्थापनाका लागी दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र र ९ जना नेपाल प्रहरीको टोली छाङरु जाने कार्यक्रम  रहेको गृहमन्त्रालयले जनाएको छ । नेपाल पछि हटदैन भन्ने सन्देश दिनका लागि पनि अहिले त्यहाँ शसस्त्र प्रहरीको सुरक्षा पोष्ट राख्न लागेको हो  ।

प्रतिक्रिया दिनुहोस