संसद बैठकमा सहभागी हुने सांसदका लागि बनाईयो स्वःनियम

बैठक पछि घर फर्किदा एकान्तबासमा बस्नुपर्ने

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, ११ : ३८
संसद बैठकमा सहभागी हुने सांसदका लागि बनाईयो स्वःनियम

काठमाडौं । संसद बैठकको क्रममा कोरोना भाइरसको संक्रमण बढ्न नदिनुका साथै जोखिम न्यूनिकरणका लागि सांसदहरुलाई तोकिएर बनाईएको स्वः नियमहरु पालना गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएको टोलीले स्थलगत अनुगमन गर्दै सांसदहरुलाई लक्षित गरेर  नियम बनाएको हो । नियमहरुमा सदन वा समितिको बैठकमा आँउदा अत्वाश्यक सहयोगी कर्मचारी र सुरक्षाकर्मीहरु बाहेक अन्य व्यक्तिहरुलाई साथमा नल्याउन, बैठकका लागि आँउदा संगै आएका सुरक्षाकर्मी र सहयोग कर्मचारीलाई भिडभाग नगर्न र बैठक अवधि भरि सकेसम्म आ–आफ्नै सवारी भित्र बस्न लगाउने, भवन प्रवेश गर्नु अघि व्यवस्था गरे अनुरुप साबुनपानीले हात धुने, सभा भवन भित्र प्रवेश गर्न र निस्कन तोकिएका छुट्टाछुट्टै द्धारहरुको प्रयोग गर्न, संकेत गरिएको कुर्सीमा मात्र बस्न अुनरोध गरिएको छ ।

त्यसैगरि  बैठक अवधि भित्र सामाजिक दुरी कायम गर्दै अनिवर्या मास्कको प्रयोग गर्ने, समुहमा छलफल वा कुराकानी नगर्न, नियमित रुपमा स्यानिटाइजरको प्रयोग गर्ने, चेमना गृहमा एकजनाले एउटा टेबुल प्रयोग गर्ने, बैठक सकेर घर फर्केपछि एकान्तवासमा बस्नुपर्ने लगायतका नियम बनाइएको छ । आउदो वर्षको बजेटलाई लिएर अहिले प्रतिनिधी सभाको बैठक बस्दै आएको छ ।