काठमाडौं । मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदै छ।
देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो ।
मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।
संसद स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना गर्दै छन् ।
पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद भङ्ग भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान