काठमाडौं । विघटित प्रतिनिधिसभाका तीन दलले संयुक्त रुपमा आज संसद पूर्नंस्थापनाको माग सहित सर्वाेच्च अदालतमा पूरक रिट दर्ता गर्ने भएका छन् । कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा पूरक रिट दर्ता गर्न लागेका हुन् ।
विघटित प्रतिनिधिसभाका कुल १५० जति सांसदको हस्ताक्षर पु¥याएर आजै कानुन ब्यवसायीमार्फत पूरक रिट दर्ता गर्ने उनीहरुको तयारी छ । गत भदौं २३ र २४ को जेन जी पुस्ताको आन्दोलनले कांग्रेस, एमाले सहितको झण्डै दुई तिहाई बहुमतको सरकार ढलेको मात्र थिइन, प्रतिनिधिसभा समेत विघटन भएको थियो ।
तत्कालिन अवस्थामा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओली सरकारी निवास बालुवाटारबाटै सेनाको हेलिकप्टर बोलाएर भाग्नु परेको थियो । तर क्रमशः जेन जी पुस्ताका आन्दोलनका नेताहरु नै विभाजित हुने, उक्त आन्दोलनलाई अन्य ब्यक्तिहरुले हाइज्याक गर्ने जस्ता काम भएपछि त्यसको फाइदा उठाँउन फेरि कांग्रेस, एमाले लगायत दलले संसद पूर्नंस्थापनाको दवाव बढाउन लागेका हुन् ।
यसका लागि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरवहादुर देउवाबीच गत मंसिर १९ गते देउवा निवासमा भएको छलफलले निर्णायक मोड लिएको देखिएको छ । त्यस अगाडीसम्म कांग्रेस संसद पर्नूंस्थापनाको माग लिएर अदालत पुगेको थिएन ।
त्यस भेटको भोलिपल्टै कांग्रेसका तर्फबाट ८ सांसदको वारेसनामासहित पूर्व महान्यायधिवक्त समेत रहेका वरिष्ठ अधिवक्ता खम्बसिंह खाती रिट लिएर सर्वाेच्च् अदालत पुगेका थिए । त्यस अगाडी नै एमालेले आफना ७५ सांसदको हस्ताक्षर गराएर अदालतमा पूर्नस्थापनाको पक्षमा रिट दर्ता गराएको थियो ।
प्रतिनिधिसभाको कुल १३८ सांसदको हस्ताक्षर हुँदा बहुमत सांसद एकातिर हुने र त्यसले सरकार गठनको लागि बहुमत देखिने भएपछि बहुमत सांसदहरुको हस्ताक्षरसहित पूरक रिटको तयारीमा कांग्रेस र एमाले लागेका हुन् । एमालेले सस्थागत निर्णय गरेर आफना सांसदहरुको हस्ताक्षर गराएर अदालत गएको थियो भने कांग्रेसले सस्थागत निर्णय नगरेपनि सभापति देउवाको ग्रीन सिंग्नल पाएर विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको पहलमा हस्ताक्षर गराइएको थियो ।
आइतबार साँझसम्म कांग्रेसका ६६ सांसदले पूर्नंस्थापनाको पक्षमा हस्ताक्षर गरिसकेको र लोसपासँग पनि कांग्रेस र एमाले दुबै दलले छलफल गरिरहेको बताइएको छ । दुवै दलका गरेर कुलमा १४१ सांसदको हस्ताक्षर जुटिसकेको एमाले नेता महेश बर्ताैलाले जानकारी दिए । ‘नागरिक उन्मुक्ति, जनमत, लोसपालगायत अन्य दलसँग पनि संवाद भइरहेको छ । उहाँहरूले जोडिन्छौँ, पुनर्स्थापनाको विकल्प छैन भन्नुभएको छ । दुई–तीन दिनमा १५० सांसदको हस्ताक्षर पुग्छ,’ बर्ताैलाले भने ।
कांग्रेसका नेता घिमिरेले भने लोसपाका केही सांसदसहित आज नै कानुन ब्यवसायीमार्फत अदालतमा पूरक रिट दर्ता गर्ने बताए । ‘लोसपा पूर्नस्थापनाको पक्षमा हस्ताक्षर गर्न तयार भईसक्यो । अब आजै हामी तीन दलका तर्फबाट कानुन ब्यवसायीमाफर्त अदालतमा पूरक रिट दर्ता गछौं,’ कांग्रेस नेता घिमिरेले भने । विघटित प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् । लोसपाका ४ सांसद छन् ।
२३ मंसिरमा कांग्रेसका ८ सांसदको तर्फबाट पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीले दायर गरेका रिटमा कारण देखाउ आदेश भएको छ । अर्काे पेशी पुस १६ गतेका लागि तोकिएको छ । त्यसकारण पनि आजै पूरक रिट दर्ता गर्ने तयारीमा कांग्रेस, एमाले र लोसपाका नेताहरु लागेका हुन् ।
‘आज (सोमबार) विघटित प्रतिनिधिसभाका बहुमत सांसदहरुको हस्ताक्षर वकिललाई बुझाउँछौँ । हाम्रो तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्म खातीले लिड गरिरहनुभएको छ । उहाँहरूले त्यसलाई मिलाएर पूरक निवेदन सर्वाेच्चमा दर्ता गराउनुहुन्छ,’ कांग्रेस नेता घिमिरेले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (पुर्णपाठ)
आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची
आज संसद दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संसदबाट बाहिरियो राप्रपा र रास्वपा
राप्रपाद्वारा आज पनि संसद बहिष्कार