काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका वरिष्ठ नेता माधव नेपालले भारतीय सीमामा काँडेतार र पर्खाल लगाउन सरकारलाई सुझाएका छन् ।
महामारीको अवस्था भनेर सरकार भारतीय पक्षले कालापानी, लिपुलेक क्षेत्रका नेपाली भूमिमा सडक निर्माण गर्ने कदममा चुप लागेर बस्न नहुने भन्दै नेपालले आवश्यक पर्दा काँडेतार र सिमामा पर्खाल नै लगाउनु पर्ने धारणा राखेका हुन् । उनले संसदको अन्त«राष्टिय सम्बन्ध समितिको बैठकमा अहिले बिहान आफ्ना धारणा राख्दै सरकारलाई अब त्यसतर्फ पनि सोच्न आग्रह गरेका हुन् ।
भारतीय पक्षबाट नेपालको भूमि अतिक्रमण गर्ने क्रम घरी घरी चलिरहेको र उसले त्यस्तो काम संकटका बेला पारेर गर्ने गरेको भन्दै नेता नेपालले भारतीय सीमामा काँडेतार र पर्खाल लगाउनेसम्म पनि सरकार अगाडि बढ्नुपर्ने बताएका हुन् ।
हिजो मात्रै उनले छुट्टै वक्तब्य जारी गर्दै भिडियो कन्फरेन्समार्फत भएपनि भारतीय पक्षसँग कुटनीतिक सम्वाद गरेर भारतले गरेको अतिक्रमणका विरुद्धमा आवाज उठाउन आग्रह गरेका थिए ।
नेपालले देशको भूमि मिचिएको जस्तो राष्ट्रको सार्वभौम सत्ताजस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकार चुप लागेर बस्न नहुने बताउदै सरकार आफनो सार्वभौमसत्ताको रक्षा गर्न सदैव क्रियाशिल भईरहनुपर्ने धारणा राखेका हुन् । ‘जमिन अतिक्रमण भएको जस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकारले भारतसँग वार्ता नगरी बस्न मिल्दैन, भिडियो कन्फरेन्समार्फत नै भएपनि कुरा गर्न सरकार तयार हुनुपर्छ ।
यसमा सरकार सक्रिय भइहाल्न जरुरी छ ।’ नेता नेपालले भने । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई पनि नेता नेपालले जथाभावी बोल्दै नहिँड्न सुझाव दिएका छन् । एक अन्तर्वार्तामा मन्त्री अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा नरहेको बताएको प्रसंग निकाल्दै नेता नेपालले देशको बदनाम गर्ने काम मन्त्रीले गर्ने नहुने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०७७, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव