काठमाडौं । पार्टी स्थायी समिति बैठक माग गरेका नेकपाका २० जना स्थायी समिति सदस्य फेरि छलफलमा जुटने तयारीमा लागेका छन् । विधानतः बैठक माग गरेपनि नेतृत्व अझ खासगरी प्रधानमन्त्रीको अनिच्छाका कारण बैठक बोलाउन तयार नभएपछि दबाब बढाउन उनीहरु निरन्तर जुटिरहेका छन् ।
२५ बैशाखमा तोकिएको स्थायी समिति बैठक अघिल्लो दिन मात्र प्रधानमन्त्रीले अनिच्छाका कारण रोकिएपछि उनीहरुले धुम्बाराही पार्टी कार्यालयमा छलफल गरी दबाब बढाउने निर्णय गरेका थिए । त्यसपछि ४ जनाको टोली बनाई नेतृत्वलाई दबाब दिन पुगेका उनीहरुले फेरि दबाब बढाउन छलफल गर्न लागेका हुन् । बजेट र नीति तथा कार्यक्रम अगाडी प्रधानमन्त्रीले स्थायी समिति बोलाउने संकेत नै नगरेपछि बैठक माग गरेका स्थायी समितिका २० सदस्य पूनः छलफलमा जुट्न लागेका छन् ।
१० वैशाखमा दुवै अध्यक्षलाई लिखित रुपमै बैठक मागका लागि पत्र बझाएका उनीहरुले मिति तोकेर पनि फेरि स्थगित स्थायी समिति बैठक बोलाउन पून दबाब बढाउने उद्येश्यले २५ बैशाखमा धुम्बाराही पार्टी कार्यलयमा छलफल गरेका थिए । उनीहरुले बैठक बोलाउन दबाब बढाउन आफ्ना तर्फबाट ४ नेता रहेको टिम निर्माण गरी नेताहरुलाई भेट्न पठाएका थिए ।
नेताहरुले गरेको पहलपछिको घटनाक्रमका विषयमा छलफल गर्न २० जना स्थायी समिति सदस्यको पून छलफल तयारी भईरहेको नेकपाका अर्का एक स्थायी समिति सदस्यले बताए । ‘सम्भव भएसम्म हामी भोलि या पर्सिसम्ममा फेरि एकपटक छलफल गरेर हामी केही रणनीति बनाउछौं,’ ति नेताले भने,–‘बैठक नबोलाए सदनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा के गर्ने भन्नेमा पनि हामी छलफल गर्दैछौं ।’
बैठक माग गर्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जर्नादन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषाल, भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, वेदुराम भुषाल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल छन् ।
नेकपाको अहिले कायम रहेको ४४ सदस्यीय स्थायी समितिमा यो संख्या झण्डै ५० प्रतिशतको हाराहारीको हो । उनीहरुले एकजुट भएर समान धारणा बैठकमा राखेभने बैठक प्रभावित हुने र बैठकले लिने निर्णय नै यिनै नेताहरुको धारणामा केन्द्रीत हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०७७, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता