के झलनाथ फकाउन खोज्दैछन् प्रधानमन्त्री ओली ?

पार्टी स्थायी समिति र केन्द्रीय समितिमा जति गर्दा पनि बहुमत नपुग्ने भएपछि सचिवालयकै नेताहरु आफुतिर तान्ने चलखेलमै देखिन्छन ओली

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०७७, ०९ : १३
के झलनाथ फकाउन खोज्दैछन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टीभित्रको अंकगणितमा छन्, यतिबेला । उनको ध्याउन्न नै पार्टीका जुनकुनै कमिटिमा पनि बहुमत आफनो पक्षमा देखाउने र आफुखुसी सरकार र पार्टी चलाउन मात्रै खोजिरहेका छन् । उनलाई सबैभन्दा बढी सचिवालयमा बहुमत पु¥याएर आफु बलियो बनिरहनु पर्नेछ । त्यसका लागि उनी कहिले वामदेव फकाँउछन्, कहिले रामबहादुर थापा (बादल) । उनको फकाउने सूचिमा नारायणकाजी श्रेष्ठ पनि छन् ।

तर श्रेष्ठ सितिमिति ओलीको जालमा पर्ने सम्भावना नदेखिएपछि उनको ध्यान पार्टीका अर्का वरिष्ठ नेता झलनाथ तिर पनि आँखा परेको छ ।  त्यही क्रममा उनले खनाललाई पनि भेटघाटमा बोलाउने, आफनो बाध्यता बताउने र पूर्व एमाले धारका नेताहरुका बीचको एकता कामय गरेर जान आफुलाई सहयोग गर्नुपर्ने बताईरहेका छन् । विगतका लामा पृष्ठभूमि सुनाउदै उनले नेताहरुलाई आफ्नो टिममा पार्ने अनेकन प्रयास गरिरहेका छन् ।

एक वर्ष अगाडी पनि उनले वामदेव र झलनाथ खनाललाई आफ्नो तिर तानेर सचिवालयमा बहुमत सिद्द गराएका थिए । त्यसका लागि उनले नेताहरुलाई पद, प्रलोभन देखाई आफुतिर तानेका थिए । वामदेव गौतमलाई उपाध्यक्ष तथा संगठन विभाग प्रमुख, झलनाथ खनाललाई पार्टी एकताका बेला आफैले पछाडी पारेको वरियता मिलाउँदै माधव नेपाललाई एक्लाएको घटना नेकपाभित्र जिवितै छ ।

अहिले पनि उनको कार्यशैली र व्यवहारबाट आजित नेताहरुले ओली सरकार र पार्टी दुवै सञ्चालनमा असफल भएको बताईरहेका बेला सचिवालयमा अनेक तिकडम र जालझेल गरेर बहुमतको प्रयासमा लागेका थिए । अल्पमतमा परिसकेका ओलीले सचिवालयमा वामदेवलाई हुनै नसक्ने प्रधानमन्त्रीको अफर गरेर नयाँ राजनीतिक गेम खेलेका थिए । नेताहरुको पद भागबन्डामै पार्टी राजनीतिलाई रुमल्लाएर आफनो उदेश्य पूर्ति गर्ने प्रधानमन्त्रीको शैली यो पटक पनि दोहोरिन थालेको छ ।

उनले १७ वैशाखको सचिवालय बैठकमा संसदमै नरहेका उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीको अफर गरे । उनी विरुद्ध बढ्दै गएको मोर्चाबन्दी तोडन अनेकन प्रयास गरे । २० वैशाखको सचिवालय सम्म पुग्दा उनी सचिवालयमा बहुमतमा देखिए । अहिले उनी वरिष्ठ नेता झलनाथ खनाल फकाउन लागिपरेका छन् । १४ फागुनमा वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित कोटामा पार्टी सिफारिसमा सरकारले गौतमलाई पठाउने सर्वसम्मत निर्णय गर्दा ओली अनिच्छुक देखिदा सबैभन्दा खरो आलोचनामा खनाल उभिएका थिए । 

गत कात्तिक पहिलो साता पनि ओलीले खनाललाई बालुवाटार बोलाएर लन्च सहित लामो छलफल गरेका थिए । त्यसयता ओलीले कहिल्यै एक्लै भेटवार्ताका लागि नबोलाएका खनाललाई अहिले भने सातामै दुई तिन पटक बोलाएर छलफल थालेका छन् । २३ वैशाखमा उनले खनाललाई बालुवाटार बोलाएर तीन घण्टा लामो छलफल गरेका थिए । त्यसक्रममा उनले आफुलाई सहयोग गर्न आग्रह गरेको र प्रधानमन्त्री निक्कै उदेलित र चिन्तामा रहेको आफुले पाएको खनालले सार्वजनिक सञ्चारमाध्यममा प्रतिक्रिया दिदाँ बोलेका थिए ।

प्रधानमन्त्री ओलीले हिजो शनिबार पून खनाललाई बालुवाटार बोलाएर एक्लै छलफल गरिरहेका छन् । ओलीले पहिले प्रचण्ड बोलाउने र त्यसपछि खनाललाई बोलाएर छलफल गर्ने गरेका छन् । २३ वैशाखमा पनि उनले त्यसै गरेका थिए । हिजो शनिबार पनि उनले त्यसै गरेका छन् । नेकपाका एक प्रभावशाली नेताले सफलखबरसँग भने,– ओलीको यो खनाल फकाउने प्रयास हो ।  ओली पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल मिल्दा सम्म बहुमत पुग्नै सक्दैनन् ।

तर सचिवालयमा भने केही नेता यस्ता छन्, जसलाई विभिन्न पद र प्रलोभनमा उनले आफुतिर तान्न जहिल्यै पनि सक्छन् । सत्ता र शक्तिको पावरमा ओलीले सचिवालयमा बहुमत सिद्ध गराएर आफुलाई जोगाईराख्न सके अन्य कमिटिको सकभर बैठक टार्ने र सचिवालयवाटै बहुमतका आधारमा आफु विरोधी मोर्चाबन्दीका नेताहरुलाई पाखा लगाउदै जाने रणनीतिमा देखिन्छन् । त्यसैका लागि उनको अहिले दोश्रो प्रयास खनाल फकाउने क्रम जारी छ । बालुवाटार भने खनालले पनि अन्तत ओलीलाई साथ दिने आफु निकट नेताहरुलाई बिफ्रिङ गरिरहेका छन् ।

तर खनाललाई प्रधानमन्त्री ओलीले बोलाएर गरेका छलफल उनले अध्यक्ष प्रचण्डसँग सेयर गर्ने गरेका कारण पनि यसपटक खनाल सजिल्यै ओली क्याम्पमा छिरिहाल्छन् भन्ने विश्वास आफुमा नरहेको प्रचण्ड नेपाल समुह बताउँछ । खनाल ओलीसँग सहजै फक्किहाल्लन् या के गर्लान् ? त्यो भने आगामी दिनमा उनले लिने स्टेपले निर्धारण गर्ने नेकपा नेताहरु बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस