भारतले सडक बनाउँदै गरेको थाहा पाएर पनि नेपालले पहिल्‍यै किन रोकेन ?

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको सूचना आएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले साढे दुई महिनाअघि हेलिकप्टरबाट अवलोकन गरे । त्यसपछि उनी सीमा अतिक्रमणबारे बोल्नै छाडे ।

पत्रपत्रिकाबाट

आइतबार, २८ बैशाख २०७७, ०७ : २३
भारतले सडक बनाउँदै गरेको थाहा पाएर पनि नेपालले पहिल्‍यै किन रोकेन ?

काठमाडौँ । भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाएजस्तो गरी प्रतिक्रिया जनायो, मानौं सडक एकै रातमा बनेर उद्घाटन गरियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यस विषयमा भारतीय पक्षसँग विस्तृत विवरण मागेर हेर्ने र त्यसपछि यस सम्बन्धमा कदम चाल्ने कान्तिपुरलाई प्रतिक्रिया दिए । मन्त्री ज्ञवालीको भनाइलाई आधार मान्ने हो भने नेपाललाई यसबारे पहिले थाहै थिएन । तर तथ्य त्यस्तो होइन ।

भारतले नेपाली भूमिमा सडक बनाइरहेको तस्बिरसहित समाचार कान्तिपुरलगायतले प्रकाशन गर्दै आएका थिए । त्यस क्षेत्रका जनप्रतिनिधिले पनि यो विषयमा बोल्दै आएका थिए । त्यहाँ रहेका नेपाली सुरक्षा निकायले थाहा नपाउने कुरै भएन ।

नेपालका पूर्व र वर्तमान सुरक्षाका अधिकारी, नागरिक समाजका अगुवा, त्यस क्षेत्रका सांसद तथा नेतालगायतका अनुसार उक्त सडक निर्माणबारे यसअघि नै पर्याप्त सूचना आइसकेको थियो । तर भारतलाई बिच्काउन हुन्न भनेर नेपाल सरकारले कुनै पनि प्रतिक्रिया व्यक्त नगरी बस्यो ।

प्रतिक्रिया दिनुहोस