काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृतरुपमा नेपाली भूमि कब्जा गरेकाले तत्काल यसलाई रोक्न सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् । भारतले शुक्रबार नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि प्रवक्ता श्रेष्ठले ट्विट गर्दै यस्तो बताएका हुन्।
‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु,’ ट्वीटमा उनले भनेका छन्, ‘हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले कदम चालोस् ।’
यसअघि भारतले अफ्नो राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले एकपक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार उद्घाटन गरेको हो। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्। दुवै क्षेत्र नेपालको भएपनि भारतले अतिक्रमण गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ