कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोभिड– १९को रोकथामको लागि आज देखि ड्रोन बाट गस्ती शुरु गरेको छ । विश्वभरी कोरोना भाईरस (कोभिड–१९) को संक्रमण चलिरहेको बेला नेपालमा समेत कोरोना रोकथामका लागि लकडाउन गरिएको छ । चैत्र ११ गते देखि लगाएको लक डाउन जेष्ठ ५ गतेसम्म लम्बिए पछि आज देखि केही खुकुलो पारेको अवस्थामा बजारमा अनावश्यक भिडको रोकथामको लागि ड्रोन बाट गस्ती शूरु गरिएको हो । ड्रोनले भीमदत्त नगरपालिकाका १९ वटै वडामा निगरानी राख्ने छ । कुनै ठाँउमा अनावश्यक भिड रहेको पाइएमा ड्रोन बाटै भिडलाई हटन निर्देशन दिनुका साथै सूचना सम्प्रेषण गर्ने छ ।
पटक पटक भीमदत्त नगरपालिकाले लकडाउन पुर्ण रुपमा पालन गर्न र सबै नागरीकहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
‘‘अत्यावश्यक सेवा प्रवाह गर्नका निमित्ती बजार व्यवस्थापन गर्ने केही निर्णयहरु गरे साथै पुर्व अनुमान अनुसार कम संख्यामा नागरिकहरु आउने, सामाजिक दुरी कायम गर्ने आफुहरुले विश्वास गरेको तर कुनै न कुनै प्रकारले उल्ङ्घन भएको पाएपछि अब ड्रोनबाट गस्ती गरी नगरपालिका भित्र लकडाउन उल्ङ्घन गर्ने सबैलाई नियम अनुसार कारवाही गर्ने,’ नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो ।
ड्रोनबाट हुने गस्ती कारोना रोकथामको लागि केही हद सम्म भए पनि निगरानी राख्न सकिने र लकडाउनको उल्ङ्घन कसरी भई रहेको छ भने कुरा पत्ता लगाई नियन्त्रणको लागि सहयोगी हुने भीमदत्त नगरपालिकाका सुचना अधिकृत विनय कलौनीले बताए ।
रोबोटिक एसोसियन आफ नेपाल इन्जिनीयररिङ्ग र भिमदत्त नगरापलिका बीच भएको सम्झौता अनुसार आफुहरुले कार्य गर्न लागेको रोबोटिकका सुप ब्रान्च अध्यक्ष दिपक विष्टले बताए । उनले यो नेपालमै पहिलो पटक ड्रोनबाट गस्ती हुन लागको बताए ।
सुप विश्वविद्यालय इन्जिनीयरिङ्ग पाचौ सेमेस्टरमा अध्ययनरत लोचन सिह कार्की भोलेन्टर विद्यार्थी भएर ड्रोन गस्तीमा सहभागी भएका छन् साथै सुप विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशको ६ जिल्लामा ७ वटा करोना टेष्ट वुथ बनाई सेवा दिदै आएको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०७७, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द
रुसको तेल प्रशोधन केन्द्रमा १२१ ड्रोन आक्रमण गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी