बझाङ । नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।
लामो समयदेखि विभिन्न कठोर राजनितिक यात्रा गरिरहेका नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बिहिबार जिल्लाको थलारा गाउँपालिका १ मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।
स्वास्थ्य अवस्थामा समस्या भएका कारण मैले विप्लव नेकपाको कुनै पनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको नेकपा विप्लवका खडकाले बताए । अहिले तत्काल कुनै पार्टीमा लगाव नभएको फेरी देश र जनताको सेवामा समर्पित हुने गरी राजनितिक यात्रा तय गर्ने उनको भनाइ छ ।
खडका २०६४ सालको निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह