बझाङ । नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।
लामो समयदेखि विभिन्न कठोर राजनितिक यात्रा गरिरहेका नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बिहिबार जिल्लाको थलारा गाउँपालिका १ मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।
स्वास्थ्य अवस्थामा समस्या भएका कारण मैले विप्लव नेकपाको कुनै पनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको नेकपा विप्लवका खडकाले बताए । अहिले तत्काल कुनै पार्टीमा लगाव नभएको फेरी देश र जनताको सेवामा समर्पित हुने गरी राजनितिक यात्रा तय गर्ने उनको भनाइ छ ।
खडका २०६४ सालको निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने