काठमाडौं । नेकपाका स्थायी समिति सदस्य डा. वेदुराम भुषालले प्रधानमन्त्री आफ्नै पार्टीका नेताहरुसँग निक्कै डराएको बताएका छन् । पार्टी स्थायी समिति बैठक माग गर्ने मध्येका एक भुषालले प्रधानमन्त्रीले तोकिएको स्थायी समिति बैठक आत्तिएर हठात स्थगित गरेको बताए ।
‘उहाँ (प्रधानमन्त्री ओली) बैठकको सामना गर्न पर्छ भनेर डराएकै त होला नि । अरू त के हुन्छ र ? बैठकबाट भागेर कति दिन भाग्ने हो, कहाँ जाने हो,’ भुषालले सफलखबरसँगको टेलिफोन सम्वादमा भने, ‘बैठकबाट भाग्ने भनेको त पार्टीबाट भाग्ने हो । उहाँले मात्रै हो बैठक सारेको, किनकि उहाँ आफैं सचिवालय बैठक छाडेर हिँड्नुभएको हो ।’
पार्टी बैठकको अध्यक्षता गरेकै ब्यक्ति बैठक छोडेर हिडेपछि अरुलाई दोष देखाएर नहुने भुषालले बताए । उनले प्रधानमन्त्री ओलीले बैठक चलाउनै नसकेको आरोप पनि लगाए । ‘बैठक चलाउन नसक्ने, सचिवालय बैठक छाडेर हिँड्ने, अनि स्थायी समिति बैठक बोलाउन नमान्ने भनेको त बोलाउन नचाहेको भन्दा पनि बैठक चलाउन नसकेको भन्ने हुन्छ,’ भुषालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले निजी क्षेत्रलाई के भने ?
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !