काठमाडौं । कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।
सीमा नाकाबाट हुने अवैध प्रवेश रोक्दा सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहने गरी सेनालाई गस्तीमा खटाउन निर्देशन दिएको हो । गृहले त्यसका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ बैशाख २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह