काठमाडौं । कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन संसद् सचिवालयले सबै प्रकारका रणनीति बनाएको छ ।
सचिवालयले विशेषज्ञसहितको प्रतिवेदनका आधारमा संसद् बैठकलाई कसरी सुरक्षित बनाउने भन्ने तयारी जारी राखेको छ । मङ्गलबार कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार बिहीबार प्राथमिकताका आधारमा सांसदहरूको कोरोना परीक्षणको प्रक्रिया प्रारम्भ हुँदैछ । वैशाख २६ देखि संसद् अधिवेशन सुरु हुनेछ ।
बैठकलाई सुरक्षित बनाउनेबारे सचिवालयमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोखरेल संयोजकत्वको टोलीले प्रतिवेदन दिएको छ । सोही प्रतिवेदनका आधारमा तयारी भइरहेको छ । प्रतिवेदनमै आधारित भएर मङ्गलबार कार्यव्यवस्था परामर्श समितिले सदस्यहरूको पीसीआर परीक्षण लगायतबारे निर्णय गरेको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर बैठक कक्षमा १२ कुर्सीमा उनलाई एकल स्थान निर्धारण गरिएको छ । सत्ता पक्षको पहिलो रोहमा बस्ने प्रधानमन्त्रीलाई सङ्क्रमण जोखिम नहोस् भनेर पछाडिको दोस्रो लाइन पनि पूरै खाली राखिने भएको छ । दुई लाइनमा गरी १२ कुर्सी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अघिल्लो साता बैठक कक्षको अवलोकन गरेका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति