काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतर्फबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ।
हजारौंको संख्याका नेपाली फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ। कुवेतले करिब तीन हजार नेपालीलाई काठमाडौं ल्याउन लागेपछि उनीहरूको ब्यवस्थापनका विषयमा सरकारले छलफल चलाएको छ।
कुवेतले नेपाली फर्काउन प्रक्रिया अघि बढाए लगत्तै साउदी अरब र युनाईटेड अरब इमिरेट्स (युएई) ले पनि आममाफी कार्यक्रम ल्याएका छन्। तत्काल फिर्ता प्रक्रियाका लागि उनीहरू त्यतातर्फ अग्रसर भएका हुन्। अवैध कामदार फर्काउन युएईले यसअघि नै सूचना जारी गरेको थियो।
सबै मुलुकबाट नेपालीलाई स्वदेश ल्याउनु पर्ने अवस्था बनेपछि ब्यवस्थापनका लागि अर्थ, उद्योग, श्रम, स्वास्थ्य र पर्यटन मन्त्रालयले छलफल थालेका छन्।
‘हामी सुरक्षित रूपमा ल्याएर उनीहरूलाई क्वारेन्टाइनमा राखेर गाउँसम्म पुर्याउने गरी अन्तर मन्त्रालय छलफल अघि बढेको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘फर्काउने तय नहुँदासम्म जहाँ कार्यरत त्यही मुलुकमा सुरक्षित रूपमा बस्नका लागि व्यवस्था मिलाइएको छ।’
राष्ट्र एवं सरकार प्रमुख तह र आफूले समते सकमक्षीसँग टेलिफोन गरी त्यस्तो ब्यवस्था मिलाइएको उनले बताए। विदेशमा रहेका नेपालीको रेखदेख गर्ने जिम्मेवारी सम्बन्धित मुलुककै हो।
उनीहरूलाई नेपाल ल्याएपछि कहाँ र कसरी राख्ने भन्नेमा समस्या रहेको उनले बताए। अन्तरमन्त्रालय छलफलमा मतभेद पनि भएको बैठकमा सहभागीले बताए। स्थानीय तह, प्रदेश वा संघ कहाँ राख्ने भन्नेमा उनीहरूबीच विवाद रहेको एक अधिकारीले बताए।
ठूलो स्रोतको उपयोग हुने हुँदा त्यसमा सबैको आँखा गएकाले पनि समस्या उत्पन्न भएको एक अधिकारीले बताए। उपचार गर्न गएका र घुम्न गएका नेपाली पनि अन्तर्राष्ट्रिय उडान नहुँदा अन्यौलमा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ बैशाख २०७७, ०६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
यूएईमा नेपालीले मादक पदार्थ खाएर झगडा गर्न थालेपछि दूतावासले गरायो सचेत