काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिन वा बैंक खातामा रकम जम्मा गर्न लगाइने जस्ता कार्य रोक्न समेत आग्रह गरेको छ ।
बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा हाल सबै विद्यार्थीहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको र यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनु समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग