काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिन वा बैंक खातामा रकम जम्मा गर्न लगाइने जस्ता कार्य रोक्न समेत आग्रह गरेको छ ।

बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा हाल सबै विद्यार्थीहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको र यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनु समेत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध