सुनचांँदी व्यवसायीद्धारा दुईसय कालीगढलाई राहत वितरण

रासस

बुधबार, १७ बैशाख २०७७, २० : २९
सुनचांँदी व्यवसायीद्धारा दुईसय कालीगढलाई राहत वितरण

 चितवन । सुनचांँदी व्यवसायी संघ, चितवनले  गरगहना बनाउने दुईसय कालीगढलाई राहत वितरण गरेका छन । लकडाउन समय  लम्बिदै जांँदा उनीहरुको दैनिक जीवननै कष्टकर बन्दै गएको भन्दै १ महिनालाई पुग्ने राहत वितरण गरेका हुन । 

जिल्लामा रहेका सुनचांँदी पसलमा रहेका कालिगढ र उनीहरुको परिवारलाई राहत पुगोस भन्ने उद्धेश्यले राहत वितरण गरिएको सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए ।
‘व्यवसायनै मर्कामा परेको बेला समाजिक दायित्व पुरागर्ने र व्यवसायिक धर्म निभाउने उद्धेश्यले कालीगढलाई राहत वितरण गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष एवं राहत वितरण संयोजक  टेकबहादुर विश्वकर्माले बताए । ‘अहिले हामी व्यवसायी सबै मर्कामा छौं, तरपनि यस्तो अवस्थामा हामीले व्यवसायिक धर्मलाई निरन्तरता दिएका छौं । ’उनले भने । 

खाना खुवाइने अभियान सुनचांँदी सम्बद्ध चारवटा संस्थाको  समन्वयमा भएपनि राहत वितरण भने सुनचांँदी व्यवसायी संघले गरेको संघका कोषाध्यक्ष निलेमान शाक्यले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आउने अन्य कालीगढलाई समेत राहत वितरण अभियानलाई  निरन्तरता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस