मझधारमा माधव नेपाल

पत्रपत्रिकाबाट

मंगलबार, १६ बैशाख २०७७, ०६ : ५३
मझधारमा माधव नेपाल

काठमाडौँ । तत्कालीन एमालेमा लगातार १५ वर्षसम्म नेतृत्व सम्हालेका नेता माधवकुमार नेपालको घरमा नेकपा एकीकरण हुनुअघिसम्म एकदम धेरै चहलपहल थियो । सबैतिरका नेताको आउजाउ बाक्लो हुन्थ्यो । जब एमाले र माओवादी मिलेर नेकपा बन्यो, कोटेश्वरमा नेपाल सम्झिएर जाने नेताहरूको संख्या ओरालो लाग्यो ।

अझ केपी शर्मा ओली पक्षका त नेता मात्रै होइन, कार्यकर्ताले समेत फर्किएर हेरेनन्। तर पछिल्लो समय कोटेश्वरको माहोल फेरिएको छ, नेकपा वरिष्ठ नेता नेपाललाई भेट्न नेताहरू ह्वारह्वार्ती गइरहेका छन्। ‘कोटेश्वरमा राजनीतिक माहोल संविधानसभा चुनाव अगाडिको जस्तै छ। पार्टी एकता भएपछि नआएका ओली समूहका नेता सबैभन्दा धेरै आए,’ नेपाल सचिवालयका एक सदस्यले भने।

पार्टी एकीकरण भएपछि एक्ल्याइएका नेता नेपालको घरमा सरगर्मी बढ्नुको एउटै कारण हो, नेकपाभित्रको राजनीतिक किचलो। पार्टी समीकरणमा नेपालको स्थान तेस्रो भएपछि दुई अध्यक्षबीच किचलो हुँदा उनको मत जहिले पनि निर्णायक हुने गरेको छ। अहिले पनि नेपालसित सहकार्यको हात बढाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बराबरी नै जोडबल गरिरहेको पछिल्ला भेटघाट र छलफलको शृंखलाले नै पुष्टि गरेको छ। ‘तर कुन पक्षसँग कसरी मिलेर जाने भन्नेमा उहाँले ठोस निर्णय गर्न सक्नुभएको छैन,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘दुवै अध्यक्षहरूको प्रस्तावबारे गम्भीर विमर्श भइरहेको छ।’ आजको कान्तिपुर दैनिकमा  खबर छ । 

प्रतिक्रिया दिनुहोस