एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दैनिक हुँदै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गरेका छन्। सल्लाहकारहरुले दैनिक पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा धक्का पुग्ने सम्भावना रहेको औंल्याएपछि ट्रम्पले पत्रकार सम्मेलन रोकेका हुन् ।
पत्रकार सम्मेलनमा उनी प्राय पत्रकारसँग विवाद गर्ने गरेका थिए । यस्तै उनले गरेका टिप्पणीहरु निकै आलोचित पनि बन्ने गरेका छन् । त्यसले चुनावी अभियानलाई नोक्सान गर्ने भएकाले नियमित रुपमा हुँदै आएको पत्रकार सम्मेलन रोक्ने निर्णयमा ट्रम्प पुगेका हुन् ।
ट्रम्पले नै पत्रकार सम्मेलनको कुनै अर्थ नरहेको ट्वीट गरेर बन्द गरेको बताएका छन् । ट्रम्पले केही दिनअघिको पत्रकार सम्मेलनमा कोरोना भाइरसको उपचार तथा संक्रमण हुन नदिनका लागि गलत स्वास्थ्य सल्लाह दिएका थिए । उनले कोरोना भाइरसको उपचारका लागि घाम र मलेरियाको औषधि प्रयोग गर्न भनेका थिए । यस्तै किटाणुनाशक रसायनसहितको इन्जेक्सन लगाउँदा पनि संक्रमण नहुने ट्रम्पले बताएका थिए । त्यसपछि उनको विशेषज्ञले नै तीव्र आलोचना गरेका थिए ।
ट्रम्पले आफ्नो टिप्पणीका लागि सफाई प्रस्तुत गर्ने गरे पनि आलोचना झनै बढेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले पत्रकारको प्रश्न लिएनन् । सो दिन मात्रै २२ मिनेटमा पत्रकार सम्मेलन सकियो । त्यसपछि शनिबारदेखि भने पत्रकार सम्मेलन नै रोकिएको हो । पक्षपाती मिडियाले द्वेशपुर्ण प्रश्न मात्रै गर्ने गरेकाले त्यस्तो पत्रकार सम्मेलनको अर्थ नरहेको ट्रम्पले ट्वीट गरेर उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी