काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेकोमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले खुसी व्यक्त गरेका छन् ।
देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु मिलेकोमा खुसी लागेको बताएका हुन् ।
उनले भनेका छन्, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा