काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेकोमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले खुसी व्यक्त गरेका छन् ।
देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु मिलेकोमा खुसी लागेको बताएका हुन् ।
उनले भनेका छन्, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा