डायलासिस गर्ने बिरामीलाई अस्पताल जान निःशुल्क एम्बुलेन्स

रासस

बुधबार, १० बैशाख २०७७, २१ : ४०
डायलासिस गर्ने बिरामीलाई अस्पताल जान निःशुल्क एम्बुलेन्स

पोखरा । पोखरा महानगरपालिकाले नियमित डायलासिस गर्नुपर्ने मिर्गाैला रोगका बिरामीका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । 

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि जारी बन्दाबन्दीका अवधिमा डायलासिसका लागि अस्पताल पुग्नुपर्ने कमजोर आर्थिक अवस्थाका बिरामीका लागि महानगरले आजदेखि एम्बुलेन्सको प्रबन्ध गरेको जनाएको छ । लकडाउनका कारण अन्य सार्वजनिक सवारीसाधन सञ्चालन नभएका अवस्थामा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न अवस्थाका बिरामीलाई अस्पताल पुगेर डायलासिस सेवा लिन असुविधा नहोस् भनेर सो सुविधा प्रदान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो । “महानगरपालिका निवासी विपन्न नागरिक जसले एम्बुलेन्स भाडाको अभावमा सम्बन्धित अस्पतालमा आउन÷जान समस्या परेमा उनीहरुलाई  महानगरको तर्फबाट निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ”, महानगर प्रमुख जिसीले भन्नुभयो । 

एम्बुलेन्स चालकले लगबुक भरी महानगरपालिकामा पेश गरेपश्चात् नियमानुसार तोकिएको भाडा रकम महानगरबाट भुक्तानी हुने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । महानगरका ३३ वटै वडाका जनप्रतिनिधि, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंमसेविकालाई डायलासिस गरिरहेका बिरामीलाई अस्पताल लैजाने कार्यमा समन्वय गर्नसमेत आग्रह गरेको छ । कोभिड–१९ को अहिलेको अवस्थामा महानगरभित्र स्थान हेरी न्यूनतम रु ५०० देखि अधिकतम रु एक हजारसम्म एम्बुलेन्सको एकतर्फी भाडा निर्धारण गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो । दुईतर्फीका लागि सो भाडामा रु ३०० देखि रु ५०० थप हुने बताइन्छ । 

कास्कीका अन्य स्थानीय तहले पनि जारी लकडाउनमा समस्यामा परेका बिरामीलाई निःशुल्करुपमा अस्पतालसम्म पु¥याउने व्यवस्था गरेका छन् भने नियमित औषधि सेवन गर्नेलाई घरमै औषधि पु¥याउँदै आएका छन् । मादी गाउँपालिकाले दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा पनि एम्बुलेन्सको प्रबन्ध गरिएको छ । जारी लकडाउनका कारणले गाउँमा नियमित औषधि सेवन दीर्घरोगीको अवस्थालाई मध्यनजर गरी घरमै औषधि पु¥याउन स्थानीय सरकार जुटेका छन् ।

रुपा गाउँपालिकाले स्थानीय जनप्रतिनिधि वा फोन मार्फतसमेत नियमित औषधि सेवन गर्नेबाट औषधिको विवरण लिएर सम्बन्धित व्यक्तिको घरमै पु¥याउने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । लकडाउन पछि ५०० जति बिरामीको औषधि गाउँपालिकाले खरिद गरेर घरमै प¥याइएको उहाँले जानकारी दिनुभयो । मुटुरोग, मधुमेह, उच्च रक्तचाप तथा मानसिक रोगका बिरामीको औषधि घरमै पु¥याइएको उहाँले जानकारी दिनुभयो । माछापुच्छ«े गाउँपालिकाले समेत नियमति औषधि सेवन गर्नेलाई हालको बन्दाबन्दीका कारणले औषधि अभाव नहोस् भनेर मागअनुसारको औषधि आपूर्ति गर्ने गरिएको जनाएको छ ।

हालको विषम परिस्थितिमा उच्च रक्तचाप, मधुमेहलगायत रोगको नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधि अभाव नहोस् भनेर उनीहरुले खाने औषधिको जानकारी स्वास्थ्य संस्था वा जनप्रतिनिधिलाई टिपाउन आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । “कतिपयले आवश्यक औषधि फोटो खिचेर म्यासेन्जर र भाइवरमा पठाउनुहुन्छ भने कोहीले फोनबाट टिपाउने गर्नुभएको छ । सर्वसाधारणलाई चाहिने औषधि पाएसम्म स्वास्थ्य संस्था, यहाँकै पसल वा नभए बजारबाट ल्याएरसमेत वितरण गरेका छौँ”, स्थानीय ल्वाङघलेल स्वास्थ्यचौकी प्रमुख आनन्द बरालले भन्नुभयो । 

कतिपय रोगका औषधि सम्बन्धित बिरामीनै अस्पतालसम्म पुग्नुपर्ने अवस्था रहेकाले त्यस अवस्थामा बिरामीलाई स्वास्थ्य चौकीबाट सवारी अनुमति बनाएर पोखरासम्म पठाउने गरिएको बताइन्छ । गाउँ गाउँमा रहेका स्वास्थ्यचौकीमा समेत अहिलेको अवस्थामा औषधि अभाव नरहेको र स्वास्थ्य सेवा नियमित सञ्चालन हुँदै आएको छ ।