निकोलस भुसाल पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १५ : ३५
निकोलस भुसाल पक्राउ

काठमाडौं । तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएका कारण पक्राउ गरिएको हो ।

सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका भुसाललाई प्रहरीले खोजिरहेको थियो । ३ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएनन् ।

प्रतिक्रिया दिनुहोस