पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १५ : ४३
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि निकालेकी छन् ।

जेन जेड आन्दोलनको क्रममा भंगालस्थित निवासमा आगजनी र लुटपाटमा उनको नागरिकता जलेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा स्वयं उपस्थित भएर भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी हुन् । भण्डारीलाई काठमाडौँका सिडिओ ईश्वरराज पौडेलले नागरिकताको प्रतिलिपि उपलब्ध गराएका छन् ।

उनको घरमा आगजनी र लुटपाटमा संलग्नमध्येका एक जनालाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस