सर्लाही । लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)