जहाँ लकडाउनको असर छैन

पत्रपत्रिकाबाट

आइतबार, ०७ बैशाख २०७७, ०७ : ३३
जहाँ लकडाउनको असर छैन

म्याग्दी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ ।
लकडाउनका कारण बजारदेखि गाउँसम्म मानि घरबाहिर निस्केका छैनन् । तर, म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र गाईभैंसी पाल्ने कृषकलाई लकडाउनले छोएको छैन ।

उनीहरूलाई बजारमा जस्तै कोरनाको त्रास छैन् । गोठालाहरूको दैनिकी यथावत छ । ५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउपालिका–२ भगवतिका जगतबहादुर भण्डारीले लकडाउन र कोरोनाको त्रासले नियमित काममा प्रभाव नपरेको बताउँछन् । जगतका छोरा गोपाल भण्डारी पनि भेडा गोठमै बस्छन् । उनिहरूको गोठ अहिले रघुगंगा गाउपालिकाको रुइसे भेडीओडारमा छ ।

“हामीलाई कोरोनाको त्रास र लकडाउनको चिन्ता छैन,” गोपालले भने, “गाउँका मान्छेसंग सम्पर्क नहुने भएकाले ढुक्क छौ । जंगलमा दैनिक रुपमा भेडाबाख्रा चराउन जान्छौं ।” कोरोनाको भन्दा पनि चितुवा, भालु, स्यालको डर भएको उनले बताए । भेडाबाख्रालाई जंगली जनावरबाट जोगाउन उनले दुई वटा कुकुर पालेका छन् । उनिहरूसंग ३५० भन्दा बढी भेडाबाख्रा छन् । घाँस भएको जंगल र भिरपाखामा भेडाबाख्राको चरन क्षेत्र हुन् । हिउँदमा बेशीका फाँट र बर्खामा हिमालको काँखका बुकीमा भेडा चराउन पुग्छन् । चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि उनिहरू भेडाबाख्राको साथमा हुन्छन् ।

रुइसे, भेडिओढार, दग्नाम, भुजेलगडी, वाखेत, देउराली, भकुण्डे, फलामेडाडा, हम्पाल, धौलागिरि हिमालको फेदीका बुकी हुदै मुस्ताङको लेतेको सिमानामा पर्ने कालीदह सम्म भेडाबाख्रा चराउन लैजान्छन् । वरपरका जंगलमा घास सकिएपछि गोठ सार्छन् । भकारी र त्रिपालले छाएको गोठमा बस्नेका लागि घरबाट आफन्तले खाद्यान्न पु¥याइदिन्छन् । भगवतिकै ६३ वर्षीय नन्दबहादुर भण्डारीका परिवारले चार पुस्तादेखि भेडापालन गर्दै आएका छन् । बाजे महावीर भण्डारीले सुरु गरेको भेडापालनलाई नन्दबहादुरका छोरा रामकृष्णले निरन्तरता दिएका छन् । करोबार दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस