सीमा आवागमन : के सशस्त्रले मात्रै रोक्न सक्छ ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १३ : २९
सीमा आवागमन : के सशस्त्रले मात्रै रोक्न सक्छ ?

फाईल फोटो

काठमाडौँ  । कोभिड १९ को संक्रमणको जोखिम बढेसँगै सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थपेको थपै छ । चैत अन्तिम साता दुई हजार फौज थलेकोमा बैशाख पहिलो साता थप तीन हजार ससस्त्रको सुरक्षा फोर्स सीमा क्षेत्रमा परिचालन भएको छ । 

अर्धसैन्य बल ससस्त्र प्रहरी विगत देखिनै सीमामा खटिएको थियो । विगतमा १२२ सीमा पोष्टबाट सुरक्षा दिँदै आएको थियो ससस्त्र प्रहरीले । भारतको १८ सय किलोमिटरमा ससस्त्र प्हरीको पोष्ट थियो । एक पोष्टबाट अर्को पोष्ट जोडिने देुरी झण्डै १७ लिोमिटरको थियो । त्यो बेला सीमा क्षेत्रमा ससस्त्र छ र भन्ने थियो । 

अहिले भने सरकारले नै दक्षिणी नाकामा ससस्त्र प्रहरीको जमात खटाएको छ । त्यो बेलामा तीन हजार फोर्स रहेको सीमा क्षेत्रमा अहिले आठ हजार बढाएको छ । मुख्यगरी भारतबाट नेपाल आउने व्यक्तिहरुबाट कोरोना संक्रमण रोक्नका लागि सबैको ध्यान सीमा क्षेत्रमा देखिएको हो  त्यसैले सीमावर्ती जिल्लाहरुमा मात्रै ससस्त्र प्रहरीको १४ हजार फोर्स रहेकोमा अहिले बढाएर झण्डै २२ हजार पुर्याइएको छ ।

ससस्त्र प्रहरी बाक्लिएसँगै थप गरी उच्च निगरानी बढेको पक्कै हो। सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले आजपनि केही सुरक्षा फौजलाई  सीमामा पठाएको छ । विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको जनाइएको । भिआईपीको सुरक्षामा खटिउकाहरुलाई समेत पठाउने तयारी गरिएको छ । 

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएको थियो । आठ हजार ३८३ थप भएसँगै कुल २२ हजार ६४६ सुरक्षाकर्मी पुगेका छन् ।  सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले थप फोर्स गएसँगै अब करिव डेढ किलोमिटरको दुरीमा सुरक्षा पोष्ट स्थापना भएको बताए ।

मुलुकमा कोरोना सङ्क्रमणको जोखिम जारी रहेकाले सरकारले यही वैशाख १५ गतेसम्म लकडाउनको आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट अहिलेसम्म १६ जना सङ्क्रमित छन् । अधिकांश तेस्रो मुलुक र भारतबाट आएकामा रोग देखिएको छ । त्यसैले सरकारले विदेशबाट आएकाको खोजी खोजी स्वास्थ्य परीक्षण गरिरहेको  छ भने निगरानी बढाएको छ ।

एउटा गम्भिर प्रश्न यहाँ के उब्जिएको छ भने के ससस्त्र प्रहरीले मात्रै सीमाको सुरक्षा गर्न सक्ला ? यसतर्फ सरकारले ध्यान दिनुपर्छ । अहिलेसम्म प्रहरीले आफ्नो पोष्ट क्षेत्रमा बसेर मात्रै सेवा दिइरहेको छ । सीमा कै लागि भनेर खटाइएको छैन । नेपाली सेना पनि खटाइएको छैन । पूर्ण जिम्मेवारी सससत्रलाई दिइएको छ । तर पनि मानिसहरु लुकीलुकी भित्रिने क्रम भने कायमै रहेकाले यसतर्फ सुरक्षा विष्लेषण गरेर अघि बढ्नुपर्ने देखिन्छ । 

ससस्त्रका प्रवक्ता श्रेष्ठले सीमा क्षेत्रमा अस्थायीसहित एक हजार २१३ सुरक्षा निगरानी चौकी स्थापना भएको बताए । झण्डै डेढ किलोमिटरको दूरीमा सशस्त्रको पोष्ट स्थापना भएको छ । सुरक्षा फौज थपिएपछि सीमा आवतजावन प्रायः ठप्प जस्तै पारिएको प्रवक्ता श्रेष्ठले दावी गरेका छन् । 

चितवनको दक्षिणी सीमामा पनि थपियो
चितवनको माडीस्थित छरछरे, बाँदरझुला र वाल्मीकि आश्रम तथा सीमा नाका ठोरीमा समेत ३ नं. बाहिनीबाट १९ जना जनशक्ति थप गरिएको ससस्त्र प्रहरी बल नेपालले जनाएको छ । यस्तै ४ नं बाहिनीले परासीको त्रिवेणी क्षेत्रमा १८ जनशक्ति बढाइएको छ । 

सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रको आवतजावत रोक्न पैदल गस्ती, मोटरसाइकल साइकल, गाडी गस्तीसमेत गर्न थालेको जनाइएको छ 
गृहमन्त्रालयका अनुसार सशस्त्र प्रहरीले माग गरेजति जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिँदै अब सीमा क्षेत्रको आवागमनमा थप कडाइ भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस