रुकुम पश्चिम । रुकुम पश्चिमका तीन स्थानीय तहहरुमा धमाधम कोरोना भाइरस (कोभिड– १९) विशेष अस्पताल निर्माण भइरहेका छन् ।
पूर्वमन्त्री तथा रुकुमका जनप्रतिनिधि जनार्दन शर्माको विशेष पहलमा निर्माण भइरहेका अस्पतालहरुको निर्माण १०/१० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गत चैत २६ गतेदेखि निर्माण शुरु भएको आठबिसकोट नगरपालिकाको अस्पताल लगभग सम्पन्न हुने चरणमा पुगेको छ । उपचारका लागि सबै उपकरण र सुविधा उपलब्ध हुने गरी निर्माण भइरहेको सो अस्पताल श्रम सहकारीद्वारा निर्माण भइरहेको छ ।
६ वटा एटेच बाथरुम सहितका स्टान्डर्ड प्राइभेट रुमसहित १२ बेडको अस्पताल निर्माणका लागि स्वास्थ्य उपकरण बाहेक ६९ लाख ४५ हजार रुपैयाँ लागत अनुमान रहेको नगरपालिकाले जनाएको छ ।
सांसद शर्मासहित नगरपालिकाभित्र सबै जनताले जनश्रमदान गरेको अस्पताल निर्माणका लागि नगरपालिकाले सहयोग पनि जुटाइरहेको छ ।
त्यस्तै चौरजहारी नगरपालिकामा पनि सबै सुबिधा सहितको आइसोलेसन निर्माण भइरहेको छ । १० दिनमा सक्ने लक्ष्य सहित काम सुरु भएको भवन पनि जनश्रमदानमा निर्माण भइरहेको छ ।
यस्तै रुकुमको मुसिकोट नगरपालिकामा पनि प्रीफ्याब आइसोलेसन भवन निर्माण भइरेको छ । १० दिनमा सक्ने लक्ष्य सहित काम सुरु भएको भवन पनि सबै सुविधाहरु सहितको हुने जनाइएको छ ।
आफ्ना सांसदले नै अस्पताल बनाउन अगुवाइ गरेर निर्माण कार्य शुरु भएपछि स्थानीय तहहरुको आह्वानमा जनता खुसीसाथ जनश्रमदानमा जुटेका छन् ।
निर्माण कार्यमा सहभागीता जनाउन रुकुम पुगेका पूर्वमन्त्री शर्माले स्वास्थ्य सामग्रीका लागि आफूले उपलब्ध गराउने प्रतिवद्धता जनाए । ‘केही आवश्यक सामाग्री नगरपालिका मार्फत उपलब्ध गराएका छौं र थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौ’, उनले भने, ‘जनता नै शक्तिका श्रोत हुन् । सबै कुरा जनताबाट सिकौं ।’
त्यस्तै पूर्वमन्त्री शर्माले सानीभेरी अस्पताल लगायतका स्वास्थ्यसंस्थामा डाक्टर र स्वास्थ्यकर्मीसँग भेटेर आवश्यक स्वास्थ सामग्री बोकेर रुकुम पुगेका उनले थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता गर्दै उच्च मनोबलका साथ काम गन्र आग्रह गरेका थिए । सांसदको जिल्लामा निरन्तर सम्पर्क, सहयोग र प्रतिवद्धता पछि काम गर्न उत्साह जागेको स्वास्थ्यकर्मीहरुले प्रतिकृया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा