रौतहट । गौर नगरपालिका-३ विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा ढुंङगा प्रहार गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-३ बस्नेहरु २६ वर्षीय राहुल कुमार यादव, ३० वर्षीय राजिव यादव, २१ वर्षीय अभिषेक यादव र २२ वर्षीय विवेक यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट डिउटीमा खटिएको प्रहरीले लकडाउन उल्लंघन गरी बाटोमा हिँडिरहेका मानिसहरूलाई सम्झाई बुझाई गरी आफ्नो घर फर्काउने क्रममा उनीहरुले उल्टै प्रहरीमाथि नै गालिगलौज, हातपात तथा ढुङ्गा प्रहार गरे पश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ढुङ्गा प्रहारबाट घाइते भएका एक जना प्रहरी कर्माचारीलाई उपचारको लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०७७, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ