काठमाडौं । कोरोना विरुद्दको महासंग्राममा विश्व नै लागिरहेका वेला विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) लाई अमेरिकाले गरेको आर्थिक नकावन्दीको आहिले चौतर्फी विरोध शुरु भएको छ ।डब्लुएचओले कोरोना विरुद्धको लडाईका क्रममा राजनीति गरेको र गलत सूचना दिएको कथित आरोपमा अमेरिकाले डब्लुएचओलाई दिदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो ।
डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र थियो । तर उसले आर्थिक सहयोग रोकेपछि अमेरिका मानवता विरोधी देशका रुपमा चित्रित भएको आरोप विश्वस्तरबाटै लागिरहेको छ । यही सन्दर्भमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफनो मुख खोलेका छन् ।
उनले अमेरिकका डोनाल्ड टम्प प्रशासनले डब्लुएचओको सहहोग रोक्का गरेको विषयलाई गलत भएको बताएका छन् । उनले अमेरिकी निर्णय गलत मात्र नभई मानवता विरोधी भएको समेत बताएका छन् ।
अमेरिकी निर्णयको विपक्षमा उनले विहीवार विहान सामाजिक सन्जाल टिइटरमा एक टिइट गर्दै त्यस्तो बताएका हुन् ।
श्रेष्टले भनेका छन्, –‘कोरोना महामारी संकटको यो महत्वपूर्ण घडीमा डब्लुएचओ (विश्व स्वास्थ्इ संगठन) लाई आर्थिक सहयोग रोक्ने अमेरिकी निर्णय अन्तयन्त् गलत मात्र होइन, मानवता विरुद्द पनि छ । यो २१ औं शताब्दीमा यस्तो अकल्पनीय कार्य गर्न साच्चै दुखदायी छ ।’
गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०७७, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध