काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाडौँको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले मेलम्चीको पानी आउने मुख्य क्षेत्रका स्थानीय नै खाने पानीबाट वञ्चित हुनु विडम्बनापूर्ण भएको बताए। समस्या समाधान नभए स्थानीयसँग मिलेर ड्याम बन्द गर्ने र पाइपलाइन अवरुद्ध गर्नेसम्मको कदम चाल्न बाध्य हुने चेतावनी उनले दिए।
उनले भने, “यदि जनताले खानेपानी पाएनन् भने ड्याम बन्द गरिदिन्छौँ। आवश्यक परे पाइप रोक्ने वा फुटाउने सम्मको कदम चाल्न तयार छु। गोकर्णको पानी गोकर्णकै जनताले नपाउने अवस्था स्वीकार्य छैन।”
कर्मचारीको कार्यशैलीप्रति कडा प्रहार गर्दै पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको आरोप लगाए । उनले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ (सञ्जाल) सक्रिय रहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाउनतयार छु’: राजु पाण्डे