काठमाडौं । सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ। यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो। कोरोना भाइरस संक्रमणका कारण शिथिल अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अघि सारेको थियो।
नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तमा २७ वाणिज्य बैंकसँग ३० खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो। त्यसमध्ये झण्डै आधा अर्थात् ४९ प्रतिशत मुद्दति निक्षेप थियो। नेपाली बैंकहरूले औसत ३ महिना अवधिको मुद्दति निक्षेप बढी लिएका छन्। जसका कारण सुरुको महिना करिब २० प्रतिशत मुद्दति निक्षेप परिपक्व हुने बैंकर्स बताउँछन्।
बैंकर्सका अनुसार नयाँ ब्याजदर नीतिले कुल निक्षेपको ६० प्रतिशत रकममा अब बैंकहरूले १ प्रतिशत कम ब्याज तिरे पुग्छ। त्यसबाट वाणिज्य बैंकहरूलाई मात्रै वैशाखमा १ अर्ब ५८ करोड रुपैयाँ अतिरिक्त नाफा प्राप्त हुनेछ।
बैंकर्सले कर्जाको ब्याज भने जेठ १ गतेबाट मात्रै घटाउने भनेका छन्। निक्षेपकर्तालाई तिर्नुपर्ने ब्याजदर वैशाखबाट घट्ने, ऋणीसँग लिने ब्याज जेठमा मात्रै घट्ने हुँदा बैंकहरूलाई यति ठूलो नाफा पुगेको हो। विकास बैंक र वित्त कम्पनीले पनि यसरी नै नाफा आर्जन गर्नेछन्।
तर, बैंकर्सले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नीतिका कारण यस्तो देखिएको बताए। नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटबढ गर्दा आधारदर गणना गरेरमात्रै गर्नुपर्ने व्यवस्था गरेको छ। ‘हामीले वैशाखमा निक्षेपको ब्याजदर घटाउँदा वैशाख मसान्तमा मात्रै आधार दर कति घट्यो भन्ने तथ्यांक निकाल्न सक्छौं’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘त्यसपछिमात्रै ऋणको ब्याजदर घटाउन पाइने भएकाले एक महिनाको अन्तर पर्न गएको हो।’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ बैशाख २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन