काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना समाप्ती नभएसम्म आफुले पारिश्रमिक नलिने घोषणा गरेका छन् । सरकारले कोरोनासँग जुध्नका लागि बनाएको कोषमा दिनरात डियुटीमा खटिने सामान्य प्रहरीहरुको सम्म तलब काटेको भन्दै निक्कै आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले त्यस्तो घोषणा गरेका हुन् ।
दक्षिणी छिमेकी मुलुक भारतमा समेत प्रधानमन्त्री, मन्त्री देखि सांसदहरुको समेत ३० प्रतिशत तलब कटौती गरेका बेला नेपालमा पनि सांसद मन्त्रीहरुको तलब कटौती गर्नुपर्ने, सांसद विकास कोषको रकम कोरोना रोकथाम नियन्त्रण कोषमा जम्मा गर्नुपर्ने जर्बजस्त मत उठिरहेका बेला प्रधानमन्त्रीको यो घोषणा आएको हो ।
उनले नयाँ वर्षको अवसर पारेर बिहान दिएको भिडियो सन्देशमा त्यस्तो घोषणा गरेका हुन् । ओलीले सन्देशमा भनेका छन्, –‘मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ ।
मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ । आवश्यक पर्दा ‘हुनेको गाँस काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आप्mनो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु । ’
नेकपाकै कतिपय नेताहरुले समेत सांसद मन्त्रीहरुको तलब कटौती गर्ने देखि सांसद विकास कोषको रकम कटौती गर्न माग गरिरहेका छन् । प्रधानमन्त्री यस विषयमा मौन बस्दै आएका थिए । उनले अन्य यस विषयमा केही नबोलेपनि आफनो तर्फको तलब भने कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने र उक्त रकम कोभिड १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी