काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको बताउनुभएको छ । नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत विज्ञहरुसँग गर्नुभएको छलफलमा नेपालको अर्थतन्त्रका प्रमुख आधार ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण हाल न्यून भएकाले कृषि मात्र विकल्प भएको बताउनुभएको हो ।
नेता पौडेलले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गरी अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताउँदै कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरी कृषिमा विचौलियाको राज अन्त्य गर्न जरुरी भएको उल्लेख गर्नुभयो । उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा पठाउन रोक नलगाउनसमेत आग्रह गर्नुभयो ।
नेता पौडेलले किसानको उत्पादन नष्ट हुन नदिन र बजारको अभावलाई अन्त्य गर्न लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गर्नुभयो । साथै नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिन सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ चैत्र २०७६, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह
हिमाल र पानीको स्रोत जोगाउने साझा मुद्दामा सहकार्य गर्न कतारका अमिरसँग राष्ट्रपतिको आग्रह
राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता
धर्मलेजस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ : राष्ट्रपति पौडेल
स्थानीय स्तरबाटै खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल