काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।
दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने