.काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन नमान्दा सडकमै कक्षा लिनु परेपछि मानिसहरुमा एउटा चेतना जाने रहेछ । एकै ठाउँमा तीन घण्टा बस्दा झिँझो लाग्नु स्वभाविकै हो ।
त्यसमाथि प्रहरीको कक्षा लिनु मानिसका लागि झन् ठुलो पिडा हुन्छ । अहिले यसरी गरी प्रहरीले काठमाडौँमा उल्लंघनकर्तालाई होल्ड गरेर शिक्षा दिन थालिएको छ । आज उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई नियन्त्रणमा लिएर यसैगरी कारवाही गरिएको छ । पक्राउ गरेर लैजाँदा समस्या हुने भएपछि नयाँ तरिका अपनाएर प्रहरीले यसरी व्यवस्थापन गर्न थालेको हो ।
काठमाडौँ मा आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ९७ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी ३ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाँैबाट सबैभन्दा बढि २१ सय ५७ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक
घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०७६, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो