विवादास्पद कम्पनी ओम्नीका लगानीकर्ता थिए ‘शुलभ अग्रवाल’

देशभरका मारवाडीको आन्तरिक बैठकले शुलभलाई छुटाउन राजनीतिक तहमा दबाब बढाउने योजना

सफल खबर संवाददाता

बुधबार, २६ चैत्र २०७६, ११ : १५
विवादास्पद कम्पनी ओम्नीका लगानीकर्ता थिए ‘शुलभ अग्रवाल’

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वब्यापी महामारीको रुप धारण गरिरहेका बेला यसैको मौका छोपेर केही ब्यापारीहरु भने रातारात मालामाल बन्ने योजनामा लागेका छन् । उच्च राजनीतिक नेतृत्वसँगको मिलोमत्तोमा कहिल्यै मेडिकल सामग्री सप्लायर्स नै नगरेको ओम्नी गुप्रले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा लिन सफल भए । भलै, चौतर्फी विरोध भएपछि सरकारले अहिले ओम्नीसँगको सम्झौता रद्द गरेको छ । 

त्यही गुप्रको मुख्य लगानीकर्ता थिए – शंकर गुप्रका निर्देशक शुलभ अग्रवाल । पर्दा पछाडीबाट उनले यो संकटका बेला रातारात कमाउने धन्दाका लागि ओम्नी गुप्रका नाममा मेडिकल सामग्री खरिदका लागि लगानी गरेका थिए । ओम्नीले ल्याउने औषधी तथा स्वास्थ्य उपकरण खरिद गर्दा सँगै आफ्नो छुट्टै थप सामग्री पनि सहज भित्राउन सकिने र त्यसैबाट मालामाल हुने योजनामा थिए शुलभ ।

सरकारले ओम्नी गुप्रले खरिद गरेको, चीन सरकारले सहयोगमा उपलब्ध गराएको औषधी तथा स्वास्थ्य सामग्री १६ चैतमा  नेपाल एयरलाइन्स प्रयोग गरेर काठमाडौं झारेको थियो । त्यसैमा शुलभले पनि केही थर्मल गन लगायतका सामग्रीहरु भित्रयाएको स्रोत बताउँछ । आफनो छुट्टै र ओम्नी मार्फत पनि लगानी गरेर उनले कोरोनालाई पैसा कमाउने धन्दाका रुपमा प्रयोग गर्न खोजेका थिए । मारवाडी समिति स्रोतका अनुसार, सुलभको ओम्नीमार्फत लगानी थियो । ओम्नी आफै विवादमा परेको र उसले नेपाल भित्रयाएको महँगो सामानको विश्वसनियतामै अहिले प्रश्न उठिरहेको छ । सरकारले उ सँगको सम्झौता रद्द गरिसकेपनि सुलभले भने त्यही बेला नेपाल भित्रयाएको थर्मल गनमा कालोबजारीको धन्दा गुपचुप रुपमा चलाउदै आएका थिए । 

उनी किग्र्रिस्तानका अवैतानिक दुत थिए । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा जगदम्बा स्टिलका सञ्चालक पनि हुन् । कुटनीतिक नियोग तथा दुतावासले प्रयोग गर्ने २०९ एचसीसी १ नम्वरको निलो प्लेटको गाडी उनले प्रयोग गर्दै आएका थिए । उनले पनि कहिल्यै मेडिकल सामग्रीको सप्लायर्सको काम गरेका थिएनन् । मौका यही हो भन्दै उनले सामान्य २४ सय रुपैया पर्ने थर्मल गनलाई १५ देखि २० हजार रुपैयासम्ममा  बिक्रि गरेर कालोबजारी गर्दै आएका थिए ।  चीनवाट उनी संगल्न ओम्नीले सामाग्री ल्याएकै नेपाल एयरलाइन्सको जहाजवाट २० हजार थान थर्मल गन नेपाल भित्रयाएका थिए । त्यसैको कालोबजारी गर्दागर्दै उनी मंगलबार पक्राउ परे ।

कसरी प्रक्राउ परे अग्रवाल ?
कहिल्यै मेडिकल सामग्री सप्लायर्सको काम नगरेको शंकर गुप्रका निर्देशक अग्रवालले थर्मल गन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको प्रहरीले आइतबार सुराक पाएको थियो । उच्च राजनीतिक तहमा पहुँच राख्ने अग्रवाललाई त्यसैका आधारमा मात्र पक्राउ गरी कारवाही प्रक्रिया शुरु गर्न सहज थिएन । प्रहरीले त्यही बेला आइडिया लगायो, आफै ग्राहक बन्ने र रंगेहात प्रक्राउ गर्ने । 

त्यसपछि सोमबार अग्रवालसँग टेलिफोनमा प्रहरीका एक अधिकृतले कुरा गरे । ‘तपाईसँग ज्वरो नाप्ने थर्मल गन छ भन्ने सुन्यौं, हामी मेडिकल सप्लायर्स हौं, स्थानिय तहमा पठाउन हामीलाई एक सय थान मिलाईदिनुप¥यो सक्नुहुन्छ ?’ सोमबार अपरिचित ब्यक्तीले थर्मल गन माग गदै उनीसँग टेलिफोनमा कुरा गरे ।

आफुसँग भएको थर्मल गन त्यो पनि एकैपटक एक सय सम्म थानको माग भएपछि उनले महँगो रहेको बताए । ‘प्रति पिस १६ हजार रुपैया पर्छ, हुन्छ भने कुरा गरौं,’ शुलभले टेलिफोनमै बताए । टेलिफोनमै थर्मल गनको मूल्यको बार्गेनिङ चल्यो । ग्राहक बनेर फोन गरेका प्रहरी अधिकृतले घटाउन निक्कै प्रयास गरे । तर शुलभ खास घटने पक्षमा देखिएनन । अन्ततः १५ हजार प्रति थानमा डिल भयो । मंगलबार बिहान सामग्री जुटाइदिने आश्वासन अग्रवालले दिए । तर त्यस अगाडी आफुलाई टेलिफोन गर्ने ब्यक्ति मेडिकल सप्लायर्स भएको प्रमाण उनले बुझन चाहे ।

उनले ह्वाटसएप र भाइवरमा सप्लायर्सको प्रमाण फोटो खिचेर पठाउन अनुरोध गरे । प्रहरीले पनि सोही अनुसार उनको भाइवरमा सप्लायर्सको प्रमाण पठाए । प्रहरी प्रधान कार्यालय नक्साल अगाडी बालमन्दिरमै शुलभको कार्यालय थियो । त्यही नजिकै भेटने योजना बन्यो । प्रहरी सोही अनुसार सिभिल डे«समा त्यहा पुग्यो निर्धारित समयमै । कुटनीतिक नियोग तथा दुतावासले प्रयोग गर्ने २०९ एचसीसी १ नम्बरको निलो प्लेटको गाडीमा थिए उनी । सामान लिने बित्तिकै प्रहरीले उनलाई प्रक्राउ ग¥यो । उनले आफु अवैतानिक दुत रहेको र यसरी प्रहरीले पक्राउ गर्न नसक्ने जवाफ उनले दिईरहे । तर पनि उनको कुनै रोदन नसुनी प्रहरीले उनलाई गाडीमा हालेर महानगरिय प्रहरी प्रभाव टेकु पु¥याएको थियो ।

 त्यसपछि शुरु भयो शुलभको नाटक
टेकु पुगेपछि उनलाई हिरासत कक्षभित्र छिराउन प्रहरीलाई निक्कै मुश्किल प¥यो । उनी भित्र छिर्नै मानेनन् । प्रहरीले त्यसपछि बल प्रयोग गरेर भित्र छिराउनु परेको थियो । प्रहरी स्रोतका अनुसार, त्यसपछि उनीसँग रहेको पर्स, घडी, मोबाइल लगायतका सामग्री उनकै रोहवरमा प्रहरी अधिकुतलाई जिम्मा लगाउने काम भयो । उनले लगाएको पेटी र मोजा खोल्न लगाइयो । त्यसपछि भने शुलभले आफु बिरामी परेको बाहानाबाजी गरे । टेकु प्रहरी हिरासत कक्षमा रुवावासी चल्यो । शुलभले मरो छाती दुख्यो, अस्पताल लैजानुप¥यो भन्दै रुवावासी चलाए । प्रहरी पनि उनको नाटक देखेर शुरुमा निक्कै अत्तालिएको स्रोत बताउँछ । त्यसपछि उनलाई अस्पताल लैजाने योजना वन्यो ।

उनले आफनो नीजि चिकित्सकसँग चेकअप गराउन पाउनुपर्ने माग गरे । उनको माग नर्भिक अस्पताल जानुपर्ने भन्ने थियो । तर प्रहरीले उनको त्यो माग सुन्न चाहेन । विर अस्पतालमा सुलभलाई लगियो । त्यसबीचमा उनका आफन्तले मन्त्री देखि राजनीतिक दलका नेताहरु, सरकारी उच्चपदस्थ अधिकारी देखि प्रहरीका हाकीमहरुसम्मलाई फोन गरी छुटाउन लविङ गर्न भ्याईसकेको थियो । विर अस्पताल पु¥याउदा भने रात परिसकेको थियो । त्यहाँ अग्रवालको मुटुको इसिजी, इको सबै गरियो । फोक्सो र कलेजो पनि जाँचियो । प्रेसर भने हल्का बढेको देखिने बाहेक अन्य सबै सामान्य रहेको चिकित्सकले बताएपछि उनलाई राती नै दरबारमार्ग स्थित प्रहरी परिसरमा लगिएको थियो ।

परिसरका डिएसपी हविन्द्र बोगटीले सफलखबरसँग भने, –‘उहाँ अहिले दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा हुनुहुन्छ, आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपको लागि लैजाने तयारी छ ।’ तर प्रहरीलाई छुटाउनका लागि उच्च पदस्थ्थहरुको निक्कै प्रेसर पनि आईरहेको छ । चौधरी फाउन्डेसनले र शंकर गुप्रले औषधी तथा स्वास्थ्य उपकरण खरिद गरी ल्याउदा उनको गुप्रको ५० प्रतिशत सामान थियो । उनी पक्राउ पछि प्रहरीले उनको निवासमा पनि छापा मारेको थियो । तर घरबाट कुनै सामान फेला पार्न सकेको भने छैन । उनीसँग कालोबजारीका लागि राखिएका औषधी तथा स्वास्थ्य उपकरण अरु पनि छन् । तर ती कँहा राखिएका छन भन्नेमा उनले केही खोलेका छैनन, प्रहरी खोजीमा निरन्तर लागिरहेको छ । तर सूँइको पाउन सकेको छैन् । 

मारवाडीको प्रहरीमाथी दबाब
शुलभ पक्राउ परेलगत्तै देशका मुख्य ब्यापारिक क्षेत्रमा रहेका मारवाडींहरुको मंगलबार नै आकस्मिक छलफल भएको छ । मारवाडी स्रोतका अनुसार, सुलभ लाई छोडाउन उनीहरुले प्रशासनिक र राजनीतिक दबाब तिब्र बनाउने योजना बनाएका छन् । त्यसका लागि पहँुच कसको कहाँ पुग्छ भन्ने ढंगले मन्त्री, प्रहरीका हाकीम सम्ममा दबाब बढाएका छन् ।

प्रहरीले भने माथीबाट आउने दबाबलाई चासो दिएको छैन् । उनलाइृ कालोबजारी ऐन २०३२ अनुसार अनुसन्धान प्रहरीले शुरु गरेको छ । कानुनतः उनको अपराध पुष्टि भए शुलभलाई ५ वर्षसम्म कैद हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस