काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा सर्वाधिक चर्चामा हुने विषय छुटेका छन् ।
सोमबार सार्वजनिक भएको समीक्षामा सेयर बजार, घरजग्गा र अटो क्षेत्रको विषयमा कुनै सम्बोधन नभएका हुन् ।
सेयर बजारको सम्बन्धमा लगानीकर्ताको खासै ठुलो माग केही थिएन । लामो समयदेखि २५ करोडको सीमा खारेज गर्नुपर्छ भन्दै आएका लगानीकर्ताको माग मौद्रिक नीतिमार्फत नै सम्बोधन भएको थियो । त्यसैले यसपालि खासै उनीहरूले खासै ठुलो माग गरेका थिएनन् ।
घरजग्गा व्यवसायका लागि पनि मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंक निकै उदार देखिएको थियो । यस अनुसार पहिलो पटक घर खरिद गर्न चाहने व्यक्तिले ८० प्रतिशतसम्म र अरूका हकमा ७० प्रतिशतसम्म मार्जिन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।
अटो व्यवसायीका हकमा भने मौद्रिक नीति अलि उदार देखिएन । खासगरी इलेक्ट्रिक सवारीमा यसअघि दिँदै आएको ८० प्रतिशतसम्मको लोन–टू–भ्यालु रेसियोलाई घटाएर राष्ट्र बैंकले ६० प्रतिशत कायम गरिदिएको थियो । व्यवसायीले यसलाई फेरि ८० प्रतिशत नै पुर्याउनुपर्ने बताउँदै आएका थिए । तर, पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले यो विषय सम्बोधन गरेन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकले बोलायो बैठक