काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्ताव सबैको सहमतिको भएको भन्दै मानेर जान टिमलाई सहमत गराएका छन् । संस्थापन टिम अब आउँदो पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ ।
सोमबार (मंसिर १५) बिहान सानेपामा खड्काले संस्थापनका केही नेतासामु यही प्रस्ताव राखेका थिए । तर, उनीहरूले त्यसनिम्ति विशेष महाधिवेशनको प्रस्ताव फिर्ता हुनुपर्ने सर्त राखेका थिए ।
त्यसपछि सहमतिमा पुग्न देउवाले केही नेतालाई काठमाडौंको महाराजगन्जस्थित आफ्नो निवासमा बोलाएका थिए ।
“सभापतिज्यूले नै पुसको नियमित महाधिवेशन कार्यतालिकामा सहमति जनाउन भनेपछि हामीले उहाँकै विश्वास र भरोसामा मान्छौँ भनेका छौँ,” भेटमा सहभागी नेता विमलेन्द्र निधिले भने, “हामी अहिले उहाँको सम्मानमा यो प्रस्तावमा सहमति जनाउँदै छौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर